Messi and Barca into UCL Final : Berlin

मेस्सी उत्कृट, बार्सिलोनाले उपाधि जितोस : ग्वार्डिओला

बार्यन म्युनिखका प्रशिक्षक पेप ग्वोर्डिओलाले बार्सिलोननाका स्टार फर्वाड लिओनल मेस्सी अहिलेसम्मकै उत्कृष्ट फुटबलर भएको बताएका छन । स्पेनिस क्लब बार्सिलोनासँग पराजित हुँदै बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरिएपछि ग्वार्डिओलाले मेस्सीलाई पेलेसँग तुलना गरेका छन । साथै उनले यो सिजन च्याम्पियन्स लिग बार्सिलेनाले जितोस् भन्ने कामना गरेका छन । उनले भने-मेस्सी अहिलेसम्मकै उत्कृष्ट फुटबलर हुन् । म उनलाई पेलेसँग तुलना गर्छु ।’
मेस्सीको दुई गोलको मदतमा पहिलो लेगमा बार्सिलोनाले बार्यन म्युनिखलाई ३-० ले हराएको थियो । दोस्रो लेगमा बार्यन ३-२ ले विजयी भयो, जुन खेलमा बार्सिलोनाका नेयमारले दुई गोल गरेका थिए ।
ग्वार्डिओलाको प्रशिक्षणमा रहँदा मेस्सीले दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
ग्वार्डिओलाले भने-म आश गर्छु कि बर्लिनमा बार्सिलोनाले पाँचौ युराोपियन उपाधि जित्नेछ ।’

अब उपाधिका लागि बार्सिलोनाले रियल मडि्रड र युभेन्टसबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा युभेन्टस २-१ ले विजयी भएको थियो । दोस्रो लेग बुधबार राति हुनेछ ।




बार्सिलोनाका मिडफिल्डर जाभी च्याम्पियन्स लिगमा १५० खेल खल्ने पहिलो फुटबलर बनेका छन् ।
मंगलबार बार्सिलोनाले बार्यन म्युनिखविरुद्ध खेल्दा उनी ७५ औैं मिनेटमा आन्द्रे इनिष्टाको स्थानमा मैदान प्रवेश गरेका थिए ।
जुन खेल बार्यन म्युनिखले ३-२ ले जित्यो । तर, पहिलो लेगमा ३-० को जितका आधारमा बार्सिलोना २०११ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।
जाभीले तीन पटक च्याम्पियन्स लिगका उपाधि जितेका छन् । उनले १९९८ मा च्याम्पियन्स लिगमा डेब्यू गरेका थिए ।
रियल मडि्रडका इकर कासियासले भने एक खेल कम खेलेका छन्। उनले १४९ खेल खेलेका छन ।



Comments

Popular posts from this blog

MESSI WON THE LALIGA PLAYER OF THE SEASON