Barca to Berlin
बार्सिलोना च्याम्पियन्स लिगको फाइनलमा
बार्सिलोना २०११ पछि पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।
मंगलबार राति भएको दोस्रो लेगमा बार्यन म्युनिखले ३-२ को जित हात पारेको छ । तर, पहिलो लेगमा ३-० ले विजयी भएको बार्सिलोना समग्रमा ५-३ को जितका साथ उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले सातौं मिनेटमा बेनाटियाको गोलबाट अग्रता लियो । तर, १५ औं मिनेटमा बार्सिलोनाका ब्राजिलियन स्टार नेयमारले बराबरी गोल फर्काए,२९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेयमारले बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।
दोस्रो हाफमा बार्यन म्युनिखले कमब्याक गर्यो । ५९ औं मिनेटमा रोबर्ट लेभान्डोस्कीले बराबरी गोल गरे भने ७४ औं मिनेटमा थोमस मुलरले गोल गर्दैपछि बार्यन म्युनिख ३-२ ले विजयी भयो ।
अब उपाधिका लागि बार्सिलोनाले रियल मडि्रड र युभेन्टसबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा युभेन्टस २-१ ले विजयी भएको थियो ।

Comments
Post a Comment