किन खड्किएन बार्सिलोनामा नेमारको अभाव ???
अनुमान गरिएको
थियो नेमार 222 मिलियन युरोका साथ
फ्रेन्च क्लब PSG हानिएपछि बार्सिलोना धारासाही
बन्छ , भत्किन्छ भनेर । तर नतिजा ठिक त्यस्को उल्टो देखियो ।
फुटबल पण्डितहरुको भबिस्यबाणी फेल खायो । बार्सिलोनालाई अग्रपंक्तिबाट सम्हाल्दै आईरहेका थिए
मेस्सी , स्वारेज र नेमार ।
नेमार बिना र स्वारेजको गतिलो
फम नहुदा पनि बार्सिलोनालाई एक्लो बलबुतामा अघाडी
बढाए बिस्वकै सर्वोत्कृष्ट लियोनल मेस्सीले
। हरेक अभावमा मेस्सी समाधान
बनेर उभिए । त्यस्तै यो
सिजन गोलरक्षक टर स्टेर्जेनको पर्दशन
पनि उत्तिकै विशेष रह्यो ।
नेमार बिना बार्सिलोनाले उत्कृष्ट जोर्डी
अल्बा र इनियस्टा पायो । उता रक्षा पंक्तिमा
चम्किए पिके , उम्टिटी र भरमिलन । पौह्लिन्हो को
बिबादित आगमनले बार्सालाई नयाँ गति प्रदान गर्यो यो
सिजन । पौह्लिन्हो आफ्ना आलोचहरुको
मुखमा बुझो लगाउदै यो सिजन अहिलेसम्म रियल स्टार रोनाल्डोको भन्दा धेरै
गोल गरिसकेका छ्न ।
यसैगरी यसै सिजन बार्सिलोनाले थप दुई ठुला अनुबन्धहरु गर्यो , डर्ट्मोण्डबाट डेम्बेले र लिभरपुलबाट कैटिन्हो । घाईते डिम्बेले मैदान फर्किसकेका छन भने कौटिन्हो अब अर्को साता मैदान छिर्नेछन बार्सिलोनाको जर्सिमा पहिलो पटक । यी दुईले बार्सीलोनाको मिल्ड्फिल्डलाई थप सशक्त बनाउने छन । अझ स्वारेजको फर्ममा पुनरागमनले बार्सीलोना यस सिजन अजय देखिएको छ ।
Comments
Post a Comment