भाल्भर्डेले बार्सिलोनामा ल्याएको ६ परिवर्तन



आफ्नो गुमेको बिरासत फिर्ता गराउन क्याटलान क्लबको फुटबल फिलोसफी परिवर्तन गर्नु जरुरी छ ।
नेइमारले क्लब छाडेपछि त झन् उनले आफ्नो योजनामा अझै सुधार गर्नुपर्‍यो ता कि नेइमारको अभाव प्रदर्शनमा नदेखियोस् ।
स्पेनिस सुपरकपमा रियल मडि्रडसँग उनको टिमले व्यहोरेको दोहोरो हार एउटा ठूलो झड्का थियो ।
तर, बार्सिलोनाले त्यसपछिका चारै खेलमा जित हासिल गर्न सक्षम रहृयो र १२ गोल गर्दा एक गोल पनि खानुपरेको छैन । त्यसैले सिजनको पहिलो महिनामै महशुस गरिएको छ कि बार्सिलोना धेरै बदलिएको छ ।
भाल्भर्डेले क्याटलान क्लब संहालेपछि आएका मुख्य ६ परिवर्तन यस्ता छन् ।
मेस्सीका लागि मुख्य तर, थोरै जिम्मेवारी
भालभर्डेले जोड दिएका छन् कि मेस्सी विपक्षीसँग बल खोस्न जाने छैनन् । उनलाई केवल आक्रमणको जिम्मेदारी दिइएको छ, जहाँ उनले अधिक भूमिका निभाउन् । यसैको परिणामस्वरुप सिजनका ६ खेलमा उनले ८ गोल गर्न सफल भएका छन् ।
टिम फर्मेसन ४-३-३ बाट ४-४-२ वा ४-२-३-१
नेइमार नभएपछि त्रिकोणात्मक हमला, जसलाई मेस्सी, स्वारेज र नेइमार -एमएसएन) एट्याक भनिन्थ्यो, त्यसको आवश्यकता रहेन । ओस्मान डेम्बेलेलाई एट्याकिङ मिडफिल्डमा राखेर इभान राकिटिकलाई सर्जियो बुस्केटसँगै डिफेन्सिभ मिडफिल्डमा खेलाउन सकिन्छ । यो सुत्र पछिल्ला केहि खेलमा प्रमाणित नै भइसकेको पनि छ ।
विङसको प्रचुर उपयोग
क्याटलान टोली पुनः आफ्नो विङ्गरमा भरोसा गर्न सक्ने भएको छ । किनभने पछिल्ला केहि खेलका क्रममा जोर्दी अल्ब र नेल्सन सेमेडोको बिष्फोटक प्रदर्शन बार्सिलोनाको मैदानमा देखिएको छ र उनीहरुले विपक्षीलाई गोल गर्नबाट पनि रोकेका छन् । त्यसैले त मार्क आन्द्रे टर स्टेगेनले अहिलेसम्म एक गोल खानुपरेको छैन ।
इनिएष्टा बार्सिलोनाका मुख्य खेलाडी
बार्सिलोनाको सुरुवाती लाइन अपमा इनिएष्टा अहिलेको समयमा अविवादित नै छन् । बार्सिलोनाका लागि इनिएष्टा सिजनभरका लागि यस्ता अविछिन्न सुपरस्टार हुन् कि भाल्भर्डे आफ्ना सबैभन्दा मन पर्ने मिडफिल्डरलाई पुनः स्थापित गराउन चाहन्छन् ।
रक्षापंक्तिमा व्यापक सुधार
लगातार चार खेलमा अहिलेसम्म एक गोल पनि नखानु बार्सिलोनाको रक्षापंक्तिमा आएको सकारात्मक सुधारको रुपमा लिन सकिन्छ ।
सेमेडो र उम्टिटी बिस्तारै आफ्ना प्रशिक्षकको फिलोसफी अनुसार परिमार्जित हुँदैछन्, जसले टर स्टेगेनको आत्मविश्वास पनि बढिरहेको छ ।
उपाधिको भोक फर्कियो
पछिल्लो वर्षको तुलनामा बार्सिलोनाका खेलाडीले मैदानमा आफ्नो स्वभाव परिवर्तन गरेका छन् । बल पोजिसनसहित विपक्षीबिरुद्ध आक्रामक शैलीमा प्रस्तुत हुँदै दबावमा राख्ने बार्सिलोनाको यस सिजनको तरिका हो ।
यस्तो लागिरहेको छ कि उपलब्ध सबै घरेलु र अन्तर्राष्ट्रिय उपाधि फिर्ता ल्याउने महत्वाकांक्षा नाउ क्याम्पमा फर्किएको छ ।
Source: Onlinekhabar.com

Comments

Popular posts from this blog

MESSI WON THE LALIGA PLAYER OF THE SEASON

Messi and Barca into UCL Final : Berlin